July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

‘महामारीले धराशायी अर्थतन्त्रको विकासको लागि निजी क्षेत्र र सरकारको हातेमालो आवश्यक’- देउवा

‘महामारीले धराशायी अर्थतन्त्रको विकासको लागि निजी क्षेत्र र सरकारको हातेमालो आवश्यक’- देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीको मुख्य सहयोग रहेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । ‘कोभिडको समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरुले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरुलाई अनुरोध र आह्वान गर्दछु ।’ प्रधानमन्त्री देउवाले भने ।

‘कोभिडको जुन समस्या छ, त्यसको समाधानका निम्ती नेपालका उद्योगपतिहरु, व्यपारीहरुले सहयोग गर्नुपर्छ। म हार्दिक अनुरोध र आव्हान गर्न चाहन्छु,’ देउवाले भने, ‘सरकारको कर्तव्य हो, गर्नै पर्दछ । साथ साथै तपाई (उद्योगी व्यापारी)हरुले पनि हातेमालो गर्दिनुभयो भने  हामी छिट्टै  यो महामारीबाट मुक्त हुनसक्छौं भन्ने मेरो आशा छ।’

तपाईहरुले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ’, प्रधानमन्त्री देउवाले भने ।
उनले थपे, ‘महामारीले धराशायी अर्थतन्त्रको विकासको लागि निजी क्षेत्र र सरकारको हातेमालो आवश्यक छ ।’

उनले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने भन्दै सहयोगका लागि आह्वान गरे ।  प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मिहिनेती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास व्यक्त गरे ।

‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहिनेती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ ।’, देउवाले भने ।

अध्यक्षमा बिष्णु अग्रवाल
यसैविच परिसंघको अध्यक्षमा बिष्णु अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाललाई परिसंघको १८ औं वार्षिक साधारणसभाबाट बरिष्ठताका आधारमा अध्यक्षमा चयन गरिएको हो ।

यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका अग्रवालले परिसंघको पूर्वाधार विकास समितिको सभापति समेत भएका थिए । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत उनी एमएडब्लु गु्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।

परिसंघको आजको सभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, राजेशकुमार अग्रवाल, शरदकुमार टिबडेवाला, चन्द्र टण्डन, अमित बेगानी, विकास दुगड, दिलिप अग्रवाल, सन्दिपकुमार शारडा, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण चौधरी, अनुज अग्रवाल, अर्पित अग्रवाल, रतनलाल केडिया, राहुलकुमार अग्रवाल,बिक्रम सिंघानिया, वरुणकुमार तोडी, शुलभ अग्रवाल, रोहित गुप्ता र आदित्य संघाई हेमराज ढकाल, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, पम्फा धमला, आशिष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।