April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल, ३७ सदस्यीय राष्ट्रिय परिषद निर्विरोध चयन

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल, ३७ सदस्यीय राष्ट्रिय परिषद निर्विरोध चयन

साउन ७, काठमाडौं ।

Advertisement

नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्षमा विष्णु अग्रवाल चयन भएका छन् । बुधबार सम्पन्न नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवालले यसअघि परिसंघ अन्तर्गतको पूर्वाधार विकास समितिको सभापति र योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकका छन् । उनी नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत समेत हुन् ।

Advertisement

परिसंघको १८ औं साधारण सभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् ।परिसंघको राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा ९सिवाकोटी०, अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।