July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

नेपालका १५ बैंकका सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी

नेपालका १५ बैंकका सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी

साउन ७, काठमाडौं ।

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी आएको छ। नेपाल राष्ट्र बैंकसहित ती बैंकका उच्च अधिकारीहरूले आफूहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल गरेर सिस्टम ह्याक गर्ने र पैसा निकाल्ने चेतावनी दिइएको बताएका हुन्।

ह्याकरले आफूलाई बुधबार पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन्। उनले तुरून्तै आफ्नो आइटी विभागलाई जानकारी गराएको र यसबारे अनुसन्धान थालिएकाे समेत बताएका छन् ।

प्रवक्ता ढकाललाई आएको मेल र फोनमा नेपालका प्रमुख बैंकहरु नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभेरेस्ट तथा हिमालयन बैंक लगायतको सिस्टम ह्याकरकाे पहुँचमा पुगिसकेकाे र अबको २४ घण्टाभित्र आनलाइन तथा अफलाइन दुवै प्रविधिबाट पैसा चोरी गर्ने धम्की दिइएको छ । साथै यो दक्षिण एसियाकै ठूलो बैंकिंग ह्याक हुने र यस पत्रलाई मजाक नठान्न पनि इमेलमा लेखिएको छ । सोही पत्र राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको उनीहरूले जानकारी दिएका छन्।

प्रवक्ता ढकाललाई बिहीबार बिहान अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी आएको हो। इमेलमार्फत पत्र र टेलिफोन कल आएकोबारे जानकारी सरोकारवाला समक्ष पुर्‍याएर सचेत हुन आग्रह गरिएको ढकालले जानकारी दिए। इमेलको व्यहोरा सबैतिर पुगेलगत्तै राष्ट्र बैंकलगायत सबै बैंक तथा वित्तीय संस्था सतर्क बनेका छन् । यसबारे आतंकित नहुन तर सतर्कता भने अपनाउन राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सूचित गरिसकेको छ ।

बैंकहरुले समेत उक्त धम्कीपूर्ण मेलपछि आफ्नो सबै प्रणाली परीक्षण गरिसकेका छन् भने उच्च सतर्कता अपनाइएको छ । अहिलेसम्म राष्ट्र बैंककाे प्रणालीमा भने कुनै समस्या नदेखिएकाे बताइएकाे छ, इद्यपि यसबारे निरीक्षण जारी राखिएकाे छ ।

यस्तो छ ह्याकरको चेतावनी :