July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो, चाँदी बढ्यो

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो, चाँदी बढ्यो

साउन ७, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधवारको तुलनामा बिहीवार प्रतितोला छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेको हो । आज सुन प्रति तोला ७०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।

यसै गरी तेजाबी सुनको मूल्य ९२ हजार ३०० रहेको छ । हिजो तेजाबी सुनको मूल्य  ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । प्रति तोलामा १० रुपैयाँ बढेर आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।