July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

शेयर बजारमा चमकः नेप्से ३ हजारमाथि पुग्दा कारोबार रकम ११ अर्ब नाघ्यो

शेयर बजारमा चमकः नेप्से ३ हजारमाथि पुग्दा कारोबार रकम ११ अर्ब नाघ्यो

साउन ७, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।  बिहीबार १८.६७ अंकले बढेर ३ हजार ०४.३३ अंकमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ ४.०६ अंकले बढेर ५६२.२४ बिन्दुमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। कुल ११ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा कारोबार रकम ३ अर्ब २२ करोड रुपैयाँले बढेको हो । मंगलबार २१९ कम्पनीको ३ करोड १६ लाख कित्ता शेयर ७ अर्ब ८९ करोडको शेयर कारोबार भएको थियो । बिहिवार कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । आज कुल १ लाख १४ हजार ७७२ वटा कारोबार भएको छ ।

बिहिवार बैंकिङ समूह समूह ३५ ,जलविद्युत २४, फाइनान्स ३८ र निर्जीवन बीमा ३८ अंकले बढे। ब्यापार ८२, होटल तथा पर्यटन १५, विकास बैंक १४, उत्पादन २१, अन्य ११, माइक्रोफाइनान्स १२ र जीवन बीमा समूह ३८ अंकले घटेका छन्।  यस दिन ङादी ग्रुप र सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। पोखरा फाइनान्स र माउन्टेन हाइड्रोको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ।

कालिका पावरको मूल्य ८.६ प्रतिशतले बढेको छ भने वाणिज्य बैंकहरुमा कृषि विकास बैंकको सबैभन्दा धेरै ७.८ प्रतिशतले मूल्य बढेको छ। ग्रीन लाइफ र जोशी हाइड्रोको ६ प्रतिशतले मूल्य बढेको छ।  बरुण हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। एभरेष्ट इन्स्योरेन्स संस्थापक समूह र विशाल बजार कम्पनीको मूल्य ३ प्रतिशतले घटेको छ।

बिहिबार कृषि विकास बैंकको सबैभन्दा धेरै ४६ करोड २१ लाख बढीको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंक, नेपाल बै.कको ३६ करोड बढी, ङादी ग्रुप पावर र सिद्धार्थ बैंकको ३० करोड बढी शेयर कारोबारमा आएको छ ।