July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

भ्याक्सिन खरिदका लागि एडिबीले १९ अर्ब ६५ करोड ऋण दिने

भ्याक्सिन खरिदका लागि एडिबीले १९ अर्ब ६५ करोड ऋण दिने

साउन ७, काठमाडौं ।

एसियाली विकास बैंक(एडिबी)ले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम संचालनका लागि नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ। एडीबीले डिसेम्बर २०२० मा सार्वजनिक गरेको ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई ऋण दिन लागेको हो।

बिहीबार नेपालको ऋण सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यो ऋण रकमबाट नेपालको खोप अभियान अझै प्रभावकारी विस्तार हुने बैंकको विश्वास छ। यसबाट १ करोड ५९ लाख डोज खोप खरिद हुने र ६८ लाख नेपाली लाभान्वित हुने बैंकले जानकारी दिएको छ।

कोरोना भाइरसको थप विस्तारलाई रोक्नका लागि अत्यावश्यक खोप खरिदका लागि नेपाल सरकारलाई बैंकले सहयोग गर्दै आएको र गरिने बैंकका अध्यक्ष मासासुगु आसाकावाले बताए । नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्यूटसँग २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको छ। सरकारी अधिकारीहरूले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने बताउँदै आएका छन्।