July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

देशभर १२ हजार ८२९ नमूना परीक्षण गर्दा २७ सय १४ जनामा संक्रमण, २४ जनाको मृत्यु

देशभर १२ हजार ८२९ नमूना परीक्षण गर्दा २७ सय १४ जनामा संक्रमण, २४ जनाको मृत्यु

साउन ७, काठमाडौं ।

पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ९ हजार १२२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जनामा र ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८५९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज कोरोनाबाट २४ जनाको मृत्यु भएको छ। बुधबार ३० जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६६१ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार २८८ जना निको भएका छन्। बुधबार एक हजार ४७५ जना निको भएका थिए।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या बढेर २७ हजार ३७५ पुगेको छ। बुधबार सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको थियो।
काठमाडौंमा सबैभन्दा बढी ५३६ जना संक्रमित पहिचान भएका छन्। ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा संक्रमण देखिको छ।