March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

दक्षिण कोरियामा कोरोना चौथो लहर, संक्रमितको नयाँ रेकर्ड

दक्षिण कोरियामा कोरोना चौथो लहर, संक्रमितको नयाँ रेकर्ड

दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ ।

Advertisement

यसले महामारीको रूप लिन थालेपछि अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ ।
कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक २ हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिक समेत छन् ।

Advertisement

स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट) को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म १ हजार बढी बढी छन् । यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ ।

पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै २ जना बढी भेला हुन समेत बन्देज गरेको छ । सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक २ हजारको हाराहारीमा देखिन थालेको छ ।

कोरियामा हालसम्म कूल संक्रमितको संख्या १ लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको संख्या २ हजार ६३ छ । – जीवन खत्री/रासस