April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार माथि

काठमाडौँ– भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५८५ पुगेको छ । त्यहाँ एकै दिन ५४२ संक्रमितको मृत्यु भएको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले भारतमा थप ४० हजारमा कोरोना संक्रमित भएका छन् ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार २८४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ७१ हजार ४८६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ४११ जना संक्रिय संक्रमित छन् ।

Advertisement