March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

‘असोजभित्र खोप नलगाए अर्थतन्त्र धराशायी हुन सक्छ, -अर्थमन्त्री शर्मा

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले असोजभित्र खोप नलगाए अर्थतन्त्र धराशायी हुने बताएका छन् । बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा मन्त्री शर्माले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न यदी त्यसो नगरेमा अर्थान्त्रनै धारासायी हुने शर्माको दाबी छ ।

Advertisement

मन्त्री शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । ‘असोजभित्र खोप नलगाए अर्थतन्त्र धराशायी हुन सक्छ, त्यसैले सक्दो प्रयास गर्नुहोस् म बजेटको ब्यावस्था गर्छु’ अर्थमन्त्रीलाई उददृत गर्दे स्रोतले बतायो ।

Advertisement

खोप खरिदको लागि बजेटको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गरेको ति स्रोतको दाबी छ ।

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणका लागि विनियोजन गरिएको बजेटसमेत रकमान्तर गरेर भए पनि खोप खरिदमा लगाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शर्माले प्राप्त भएका खोप लक्षित समुदायलाई दिने कार्यमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरे ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताए । उनले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने प्रतिवद्धता जनाए ।