March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

गौरिका सिंहले तोडिन आफ्नै राष्ट्रिय कीर्तिमान, बनाईन यस्तो रेकर्ड

गौरिका सिंहले तोडिन आफ्नै राष्ट्रिय कीर्तिमान, बनाईन यस्तो रेकर्ड

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन् । उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १ः ००ः ११ मा पूरा गरिन् ।

हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। उनी पहिलो हिटमा तेस्रो स्थान रहेकी छन्। १८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा दोस्रो सहभागिता हो यो ।

यसअघि उनले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनले ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडी भएर विश्वमै चर्चा पाएकी थिइन् । त्यस बेला १३ वर्ष २५५ दिनको छंदा प्रतिस्पर्धा गरेकी उनी आफ्नो हिट्समा पहिलो भएकी थिइन् ।

Advertisement