काठमाडौंमा भोरोसेल खोप लगाइँदै, ५० बर्ष माथिकालाई लगाइने
काठमाडौंमा आजबाट सबै वडाहरुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ । काठमाडौ महानगरपालिका लगाएत तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन गरेको हो ।
काठमाडौं जिल्ला खोप समन्वय तथा अनुगमन समितिले कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत साउन १४ देखि १८ गतेसम्म काठमाडौं जिल्लामा भेरोसेल खोप पहिलो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाले सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने गरी खोप कार्यक्रम सञ्चालन हुने भएको हो ।
यस्तै अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा भने सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर, वीर अस्पताल, नयाँ बानेश्वरस्थित निजामती अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप लगाउने सम्बन्धमा खोप कार्यक्रम सञ्चालन हुने समयमा नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गई खोप लगाउन सक्ने छन् । यसैगरी खोप केन्द्रहरुको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा प्रबन्ध मिलाउने तथा भिड नियन्त्रण गर्ने निर्णय समेत आज बसेको बैठकले गरेको छ ।
#भोरोसेल खोप
प्रतिकृया दिनुहोस्