‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क ‘पर्फेक्ट सेन्टर फिल्ज’को दर्ता बदर
स्थापित ब्रान्डसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरी उपभोक्तामा भ्रम सिर्जना हुन सक्ने ठहर गर्दै उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ। ‘सेन्टर फ्रुट’ ट्रेडमार्कसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतले गरेको फैसलापछि विभागले यस्तो निर्णय गरेको हो। इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको लोकप्रिय चुइङ्गम ब्रान्ड ‘सेन्टर…

