Banijya News

पत्रपत्रिका

जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट एक विपन्न परिवारलाई बनाइदिए पक्की घर

झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई […]

ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालियो

म्याग्दी, पुस २१ । जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी…


  • Default Image

    सरकारले किन सार्वजनिक गरेन नेपालको क्षेत्रफल ?

    काठमाडौं, पुस २० । सरकारले गत जेठमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्‍यो तर, नयाँ नक्साअनुसार मापन गरिएको नेपाल कुल क्षेत्रफलसम्बन्धी रिपोर्ट भने गोप्य राखेको छ। नापी विभागले गत जेठ महिनामै नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल पुनः मापन गरी भूमि व्यवस्था मन्त्रालयलाई रिपोर्ट बुझाएको थियो। तर मन्त्रालयले…

  • Default Image

    नियम मान्दैनन् सरकारी कर्मचारी

    काठमाडौं, पुस २० । तोकिएको समयमा कार्यालयमा पुग्नु पर्ने, तोकिएको पोशाक लगाउनुपर्ने, कार्यालयको काममा बाहेक कार्यालय समयभर कार्यालयमै बस्नुपर्ने जस्ता कुरा निजामती कर्मचारीको सामान्य आचारसंहितामा पर्दछन्। तर मुलुकको प्रशासनिक केन्द्र मानिने सिंहदरबारभित्रै कार्यरत कर्मचारी भने आचारसंहिता पालना गर्दैनन्। सिंहदरबारभित्रकै कर्मचारी अनुशासनीहन भएको गुनासो आउन थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले अहिले सिंहदरबारभित्रका…

  • Default Image

    नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

    कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु…

  • Default Image

    मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ : मन्त्री फुँयाल

    बागमती । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन्। यसै विषयमा कुराकानी गर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे । उनले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि…

  • Default Image

    नवनीत साहित्य सागरको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १७८औँ शृङ्खला सम्पन्न

    दमौली । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १७८औँ शृङ्खला शनिबार दमौलीमा सम्पन्न भएको छ । ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कार्यक्रम दमौलीमा गरिएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले साहित्य समाजलाई सही…

  • Default Image

    पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि कृषक मर्कामा

    पाँचथर । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण…

  • Default Image

    लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

    काठमाण्डाै – लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको…

  • Default Image

    आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन जलपन्छीको गणना शुरु

    हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको…

  • Default Image

    पुनःनिर्माणमा अल्झिएको गोरखा दरबारको काम आधा बाँकी नै

    गोरखा । गोरखा भूकम्पले क्षति पुर्याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो । राष्ट्रिय पुरातत्व विभागले गएको विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो तर निर्धारित समयमा दरबारको…

  • Default Image

    एकातिर चरम जाडो, अर्कोतिर चरम लोडसेडिङ

    यतिबेला जुम्लामा एकातिर चरम जाडो छ, अर्कोतिर लोडसेडिङ भइरहेको छ । चिसो मौसमलाई न्यानो बनाउन विद्युत्को सहारा लिने अवस्था छैन । विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटर लगायतका बढी विद्युत् तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । प्राधिकरण जुम्लाका…

Scroll to Top