Banijya News

पत्रपत्रिका

प्याराग्लाइडिङको परीक्षण उडान सफल

यहाँ प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा आज यसको सफल परीक्षण उडान भएको हो […]

सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताएका छन् । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताए । उहाँले घरबारविहीन कमजोर वर्गका बासिन्दाका लागि…


  • Default Image

    क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन्…

  • Default Image

    तरकारी खेतीमा महिलाको सक्रियता

    गलकोट । व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।  जिल्लाको काठेखोला गाउँपालिका–८ कादेशकी लालकुमारी पुन र बागलुङ…

  • Default Image

    काठमाडौंको धुलो यतिकै खेर जान नदिने, धुलोबाट इँटा बनाउँदै महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको…

  • Default Image

    गाँजामा पल्केकाहरू वर्षौंदेखि गाँजा खेतीमा

    ओख्लेको मादले गाउँ पुग्ने नयाँ मान्छेलाई त्यहाँका बासिन्दाले केही वर्षअघिको एउटा साँचो कथा सुनाउँछन् । त्यस कथाले भन्छ– २०६६ सालमा स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा बेतिनी–ओख्ले–रूपाटार ग्रामीण सडक निरीक्षण गर्न पुग्दा त्यहाँको गाँजा खेती देखेर ट्वाल्ल परे । उनले आफू वरिपरि रहेका प्रहरीसँग त्यसबारे सोधे । मन्त्रीको कुरा त सुने तर…

  • Default Image

    सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई ४ दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन

    सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई बुधवारको दिनदेखि ४ दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो । मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडीएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम…

  • Default Image

    सहकारीमा एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने

    काठमाडौं । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको हो । विभागले तोकेको सेवा शुल्कअनुसार प्रारम्भिक संस्थाले ऋणीलाई प्रवाहित गरेको कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा…

  • Default Image

    पहिलो चौमासिकमा ४६ हजार घर पुनःनिर्माण भए, ११० लाभग्राही थप

    आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनःनिर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी…

  • Default Image

    जाडो छल्न भेडाका बथान बेँसीमा

    ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका हुन् । मध्यबर्खामा झण्डै चार हजार मिटर माथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका भक्तबहादुर कात्तिकपछि क्रमशः औलतर्फ झर्दै मङ्सिर लागेसँगै २०० बढी भेडाको बथानसहित…

  • Default Image

    सुन्तला बगैँचामा औँसा किराको प्रकोप

    म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण शुरु गरेको छ । कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा किराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो । म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोपले पाक्ने समयमा बोटका पहेँला भएका सुन्तला…

  • Default Image

    कालीगण्डकी करिडोर प्रसारण : सबै टावरको निर्माण सम्पन्न

    मंसिर १७, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत दाना र खुर्कोटमा सबस्टेशनका साथै…

Scroll to Top