Banijya News

पत्रपत्रिका

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर […]

कालीगण्डकी करिडोर प्रसारण : सबै टावरको निर्माण सम्पन्न

मंसिर १७, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत दाना र खुर्कोटमा सबस्टेशनका साथै…


  • Default Image

    “एकले अर्कालाई नाङ्गै बनाउने गरी जाने कुरामा असहमति छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा

    पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घसम्म पर्याप्त अवसर र मौका दिएको बताएका हुन् । त्यसलाई पूर्णता…

  • Default Image

    अस्पताल शिलान्यासः सूर्यविनायकमा ५०, मकवानपुर, तनहुँ र झापामा १५ शय्या

    भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० श्ययाको अस्पताल निर्माण शुरुआत भएको छ । सांसद महेश बस्नेतले आज अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० श्ययासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, “सरकारले केही…

  • Default Image

    कात्तिक १८ गतेदेखि हराएका एक जनाको शव सडेगलेको अवस्थामा फेला

    गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् । सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणका क्रममा चार…

  • Default Image

    विद्यालयमा दिइने सजायको स्वरूप बदलिँदै

    काठमाडौं । विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको…

  • Default Image

    पूर्वप्रधानमन्त्री खनालको निर्वाचन क्षेत्रमा चार करोड बजेट

    पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ ।  छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो ।  सबैभन्दा बढी १४ वटा…

  • Default Image

    नेपाल प्रहरीको प्रवक्तामा वसन्तबहादुर कुँवर

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो । नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यपरक रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको…

  • Default Image

    नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबैभन्दा बढी भ्रष्ट रहेको खुलेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटरले नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष निकालेको हो । टीआईले गरेको विशेष सर्वेक्षणबाट प्रधानमन्त्री कार्यालय भ्रष्ट रहेको खुलेको हो । टीआई नेपालका अध्यक्ष एवं सरकारका पूर्व सचिव…

  • Default Image

    पूर्वयुवराज पारस बिरामी, छातीमा समस्या आएपछि परीक्षण सुरु

    चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन्। नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो। शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ। रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ। यसैगरी…

  • Default Image

    छ वर्षीया बालिका हत्या प्रकरणः चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

    स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो । बुधबार साँझ बर्दिबासमा…

  • Default Image

    खोरमा परेर चितुवा नियन्त्रणमा

    तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । मजुवा ओख्ले सामुदायिक…

Scroll to Top