बंगलादेश बैँकद्धारा महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई आर्थिक सहयोग
चैत ०६, काठमाडौं ।
नेपाल बंगलादेश बैंकले बुधबार इमाडोल ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई पचास हजार आर्थिक सहयोग गरेको छ।
विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैँकले सो रकम उपलब्ध गराइएको हो । यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी दिए।
बैँकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्