March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं उपत्यकामा तरकारीको नयाँ मूल्य कति ?

काठमाडौं उपत्यकामा तरकारीको नयाँ मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

Advertisement

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ३६, आलु सेतोका ३१, लोकल बन्दाको १५, काउली स्थानीयको ७० रुपैयाँ रहेको छ ।

Advertisement

यसैगरी भन्टा डल्लोको ६०, रायो सागको ६०, अनारको २८०, दशहरी आँपको २५०, मौसमको १८० रुपैयाँ रहेको छ । त्यस्तै, मुडेको रातो आलु ३६ रुपैयाँ , सेतो आलु ३० रुपैयाँ, सुकेको प्याज ३६ रुपैयाँ , लोकल गाजर ६५ रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३५ रुपैयाँ, राजमा घिउ सिमी र भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, लौका र घिरौँला ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ८५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरिलो ३२५ रुपैयाँ, न्यूरो, सजिवन, चुकुन्दर, रातो बन्दा, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८७ रुपैयाँ ५० पैसा, पुदिना १८७ रुपैयाँ ५० पैसा, सौफको साग ११५ रुपैयाँ, पुदिना १८७ रुपैयाँ ५० पैसा, गुन्द्रुक २७५ रुपैयाँ फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा, कागती १९० रुपैयाँ, अनार २६५ रुपैयाँ, मालदह र दसहरी आँप २३५ रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, कालो अंगुर ३२५ रुपैयाँ, लोकल काँक्रो ९५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।