कोरोना नियन्त्रणका लागि काठमाडौं महानगरले १० करोडको आकस्मिक कोष स्थापना गर्ने
०७ चैत्र, काठमाण्डौ ।
कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँको आकस्मिक कोष स्थापना गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गर्दै कोष स्थापनाको घोषणा गरेका हुन् । उक्त कोषबाट वडालाई सहयोग दिइने छ।
उक्त कोषबाट उक्त भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडाहरुलाई क्रमश रु. २ लाख, रु.३ लाख र रु.४ लाखका दरले निकाशा पठाउने निर्णय गरेको छ ।
साथै महानगरका जनप्रतिनिधि तथा कर्मचारीलाई भोजभतेरमा नजान र आयोजना नगर्न समेत महानगरले आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्