सवारी चढनेको स्रोत खोज्ने
मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोमा करिब तीन दर्जन ब्राण्डका कार, जीप, मोटर साईकल शोकेश गरिएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मात्र एक दर्जन भन्दा बढी नयाँँ सवारीको पर्दा उघारे । त्यसमा एउटा बाइक पनि थियो । उनले मूल्य नियालेर हेरे । जसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । बाइकको बिक्री संख्याबारे चासो राखे र स्टलबाट फर्किए । नाडाका अध्यक्ष शम्भु दाहालसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले भने–‘यी बाइक चढ्नेले कति आयकर तिर्छन, हेर्नुपर्छ ।’ यस्को जवाफ कसैसित भिएन, सबै पदाधिकारी फिस्स हाँसे मात्र । सवारीको भ्रमण गरेपछि खतिवडाको ध्यान बैंकको स्टलमा गयो । गाडीको स्टलको अगाडि बैंकको स्टल । सानो, कुचुक्क परेको, लाइट कम भएको ग्लोबल आईएमई बैंकको स्टलमा अर्थमन्त्री निकै बेर रोकिए । ग्लोबलले आफ्नो स्टलमा ९.९९ प्रतिशत ब्याजमा कर्जा दिने जानकारीसहितको फ्लेक्समा मन्त्री खतिवडाको आँखा पुग्यो । स्टलमा भएका कर्मचारीलाई अर्थमन्त्रीले सोधे कति समयको लागि हो यो ब्याज ? कर्मचारी एक अर्कामा मुखामुख गरे । अर्थमन्त्रीले फेरी सोधे । ‘अहिले ९.९९ मा कर्जा दिनुहुन्छ । कति समयपछि ११ प्रतिशत बनाउनु हुन्छ, कति समयपछि १३ प्रतिशत बनाउनु हुन्छ ?’ यस्को जवाफ पनि कसैसित थिएन । यस्को अर्थ थियो अर्थमन्त्री डा. युवराज खतिवडालाई बैंकहरुले ब्याज दरमा खेलवाड गरेको संशा थियो । अर्को एक÷दुई बर्ष एकल अंकको ब्याज दरमा ऋण दिन नसक्ने बैंकहरुले बताइँरहँदा अहिले गाडी किन्न भने एकल अंकमा ऋण दिइरहेको प्रशङ्ग उल्लेख गर्दै अर्थमन्त्रीले ग्राहकमाथि खेलवाड नगर्न सचेत गराएका हुन् । बैंकहरुले मध्यमकालिन रोडम्याप तय नगरे बैंकिङ तरलता अभावको समस्या भोगिरहनु अवस्था आएको समय बैंकले ब्याजमा खेलवाड गर्दा आफूले संसदमा जवाफ दिनु परेको गुनासो समेत खतिवडाको थियो । पछिल्लो समय आर्थिक क्रियाकलापमा सुस्तता आएको तथा व्यवसायिक उत्साह नभएको आरोप लागेको प्रशङ्ग आँफैले उठाएर उनले भने ‘बैंकमा यति धेरै कर्जाको माग छ । यदि बैंकहरुले स्रोत भएर खुरु खुरु लगानी गर्न पाउने हो भने अबको दुई वर्षलाई पुग्ने माग अहिले सृजना भएको छ । उनले दर्ता हुने उद्योगको संख्या बढेको र विदेशी धेरै कम्पनी नेपाल आएन खोजेकोसमेत बताए । ’विदेशी लगानीको लागि ३१ खर्बको प्रतिवद्धता आएको छ । विदेशी लगानी गर्नेहरुले पनि स्वदेशी बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्न खोजिरहेका छन् ।
प्रतिकृया दिनुहोस्