नेपाली मास्क भारतीय बजारमा
चैत ०८, काठमाडौं ।
कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।
टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेका हुन् ।
उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन्। उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरुपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन्। उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन्।
प्रतिकृया दिनुहोस्