महँगिदै मासु , चाडवाड धान्न नै गाह्रो
भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ । आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ । भारतबाट अबैंध बाटोबाट भित्रिने खसी नियन्त्रण गर्न उपभोक्तावादीले माग गरेका छन् । अहिले भारतबाट ७५ प्रतिशत खसीबोका अवैध बाटोबाट भित्रिने गरेको त्यो पनि विभिन्न अवरोधका कारण मूल्य बढेर आउँदा नेपालमा उपभोक्त मूल्य बढेको हो ।
सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला ? यसको अनुमान गर्न आम उपभोक्त थोका छन् । दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ । दशैंको समयमा भारतबाट खसी नआए मूल्य जिउँदोनै ८ सय रुपैयाँ सम्म पुग्न देखिएको ब्यावसायी बताउँछन् । अहिले बजारमा जिउँदो खसीको मूल्य प्रतिकेजी ५ सय ८० देखी ६ सय २० रहेको छ भने मासु किलोको १३ सय रुपैयाँ पुगेको छ । दशैं अघि ७ दिनमा मात्र उपत्यकामा ५० हजार खसीको आवश्यक पर्छ । काठमाडौं उपत्यकामा दैनिक १२ सय खसी बोका खपत हुने संस्थानले जनाएको छ। जसमा ४ सय आन्तरिक उत्पादन हुन्छ भने ७ सयदेखी ८ सय खसीबोका भारतीय बजारबाट भित्रिदै आएका छन् । यस्तै ७ सय देखी ८ सय रागाँभैसी उपत्यकामा खपत हुँदै आएकोमा ९० प्रतिशत माग आन्तरिक उत्पादनले धान्दै आएको छ भने १० प्रतिशत भारतीय बजारबाट आउने गर्छ । यसैगरी दैनिक ३ लाख देखी ३ लाख ५० हजार केजी कुखुराको मासु उपत्यकामा हुन्छ । यसमा भने आन्तरिक उत्पादनले धान्दै आएको छ ।
उपत्यकामा दैनिक माछा दैनिक ४ देखी ५ हजार किलो खपत हुने गर्छ । माछामा भने ४० प्रतिशत आन्तरिक उत्पादन र ६० प्रतिशत बाह्य उत्पादनको भरपर्नुपर्ने अवस्था छ । यस्तै शतप्रतिशत आन्तरिक उत्पादन हुने बंगुर दैनिक ६ सय वटा खपत हुने गरेको छ । खाद्य संस्थानले यो वर्षको दशैंका लागि ३ हजार खसीरच्याङग्रा उपत्यका ल्याउने भएको छ । संस्थानले गत वर्ष २ हजार खसीरच्याङग्रा ल्याउने भनिएपनि १३ सय मात्र ल्याएको थियो ।
प्रतिकृया दिनुहोस्