January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

खाद्यान्न तथा दैनिक उपभोग्य सामानमा ५ प्रतिशत छुट गर्ने शिखरदीप सहकारीको निर्णय

खाद्यान्न तथा दैनिक उपभोग्य सामानमा ५ प्रतिशत छुट गर्ने शिखरदीप सहकारीको निर्णय

चैत ९, काठमाण्डौं ।
शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था गठ्ठाघरले उत्पादित खाद्यान्न तथा दैनिक उपभोग्य सामानमा ५प्रतिशत छुट दिने भएको छ ।

Advertisement


विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण नेपाली बजार तथा उपभोक्ता प्रभावित बनिरहेको समयमा सहकारीले यस्तो निर्णय गरेको हो ।

Advertisement


सहकारीले हाल काठमाण्डौ उपत्यकाका कीर्तिपुर, पाटनको मंगलबजार, बागबजार, न्यूरोड, महाराजगंज, कौशलटार, सल्लाघारी र सूर्य्विनायक आदि स्थानमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।


उपकार ब्राण्डमा चामल, दाल, मैदा, चिनी, चियापत्ती, घिउ, तेल, जाम लगायतका दर्जनौ उपभोग्य बस्तु उत्पादन गर्दै आएको सहकारीले यि ८ स्थानमा रहेका सेवा काउन्टरबाट उपभोक्ताहरुलाई े दैनिक उपभोग्य बस्तुको खरिदमा ५ प्रतिशतसम्मको छुट दिने व्यवस्था मिलाएको हो ।