January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

नेपाल टेलिकमकाे अनलिमिटेड डाटा प्याक अब झनै सस्तो

चैत १०, काठमाडौं ।

Advertisement

नेपाल टेलिकमले अनलिमिटेड सस्तो डेटा प्याक योजना ल्याएको छ। नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ ।

Advertisement

वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँ मै यो प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने छ । 

२० रुपैयाँमा प्याक खरिद गरेपछि एक घण्टासम्म जति पनि डेटा चलाउन वा कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ। यसका लागि सिधै *१४१५*८# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डेटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्ने टेलिकमले जनाएको छ।  ।

‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ देखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ ।