January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता

चैत १०, काठमाडौं ।

Advertisement

सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रालिबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ।

Advertisement

सम्झौतापश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा २०५ सम्मको छुट र बैंकका ग्राहकले सेवा लिँदा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका थिए ।

बैंकले देशभर १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम र १,६०० भन्दा बढी पिएसओ मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।