सरकारद्वारा कोरोना रोकथामाका लागि स्थापित कोषमा बाणिज्य बैंकको १ करोड ५० लाख सहयोग
चैत ११, काठमाडौं
सरकारले कोरोना रोकथामका लागि कोष स्थापना गर्दे सहयोगको आह्वान गरेसँगै त्यस्मा सहयोग गर्ने क्रम बढेर गएको छ । पछिल्लो समय सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सरकारद्वारा कोरोना रोकथामाका लागि स्थापित कोषमा १ करोड ५० लाख सहयोग गर्ने भएको छ ।
बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले कोरोना रोकथामका लागि सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
कोषमा हालसम्म नेपाल बैंकले १ करोड, कृषि विकास बैंकले १ करोड २५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्