कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि स्थापना गरेको कोषमा एनसेलको १० करोड सहयोग
चैत १२, काठमाडौं ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ दिएको छ ।
उक्त सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा सहयोग पुग्ने उद्धेश्यले दिएको हो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रतिकृया दिनुहोस्