कोरोनाविरुद्धको कोषमा प्रकाश सपूतको दुई लाख
१२ चैत , काठमाडौं ।
गायक प्रकाश सपुतले कोरोना भाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा २ लाख रुपैयाँ सहयोग पठाएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र सतर्कताको लागि सहयोग भन्दै उनले कोषलाई रकम सहयोग गरेका छन् ।
बागलुङमा रहेका गायक सपुतले सो रकमको चेकलाई कोषमा जम्मा गरिदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई चेक हस्तान्तरण गरेका छन् ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम गर्न ५० करोड रुपैयाँबराबरको कोष स्थापना गरेको छ ।
कोष स्थापना भएपछि गायक प्रकाश सपुतले सोमबार प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै २ लाख रुपैयाँ सो कोषका लागि पत्रकारमार्फत उपलब्ध गराएको घोषणा गरेका छन् ।
सपुतले सरकारले कोरोनाभाइरसबाट बच्न गरेको प्रयास सरहनिय भएको बताएका छन्।
प्रतिकृया दिनुहोस्