January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

परिसंघद्धारा नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि पिपिई र माक्स हस्तान्तरण

परिसंघद्धारा नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि पिपिई र माक्स हस्तान्तरण

चैत १५, काठमाडौं ।
कोरोना संक्रमणको प्रकोप बढेसँगै विभिन्न सहयोगी हातहरु सरकारको माध्यमबाट कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि अगाडि बढेका छन् ।

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि सहयोग गर्ने सामग्री हस्तान्तरण गरेको छ । संघ अध्यक्ष सतिशकुमार मोरले शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण पिपिई थान १०० तथा ७५ हजार थान मास्क हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन स्वाथ्य समाग्री वितरण गरेको बताएका छन् । उनले हाल नेपाल तथा विदेशबाट ल्याईएका सामान उपलब्ध गराएको भएपनि पछि विदेशबाट आयात गरेर ल्याइएका सुरक्षाका उपकरण सरकारलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

Advertisement