January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

लकडाउनमा १३ सय विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार

लकडाउनमा १३ सय विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार

चैंत १७, काठमाडौं ।
एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा १९ पर्यटकीय गन्तब्यमा रोकिएका पर्यटक र पथ प्रदर्शकलाई उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले विभिन्न स्थानमा समस्यका परेका एक हजार ३ सय ३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको हो ।
काठमाडौं आउन चाहने विदेशी तथा नेपाली गाइडलाई टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा रेक्स्यु उडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार सोमबार बिहान लुक्ला क्षेत्रबाट पाँच उद्धार उडान गरिएको छ ।
बोर्डका अनुसार लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङ्टाङ, मनास्लु, संखुवासभा, गोरखा, लेते, बेंसीशहर, काँडे, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको छ । तिनमा सबैभन्दा धेरै लुक्ला क्षेत्रबाट हेलिकप्टर र जहाज चार्टर गरेर रोकिएकाहरुको उद्धार गरिएको हो । आइतबार र सोमबार लुक्ला क्षेत्रमा रोकिएका ८५ नेपाली गाइडको उद्धार गरिएको छ ।

Advertisement