January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कुमारी बैंकको कोरोना संक्रमण तथा नियन्त्रण कोषलाई ७० लाख योगदान

कुमारी बैंकको कोरोना संक्रमण तथा नियन्त्रण कोषलाई ७० लाख योगदान

१९ चैत्र २०७६

Advertisement

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा ७० लाखको योगदान गरेको छ । 

Advertisement

प्रत्येक प्रदेशबाट १० लाखको दरले बैंकले कूल ७० लाखको सहयोग पु-याउने भएको हो । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पु-याउने जानकारी दिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो ।

सो सहयोग मार्फत कोरोनाभाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यही चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेका छन् ।