January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

पुन अर्को विमानमा आइपुग्यो चीनबाट स्वास्थ्य सामग्री

२१ चैत्र, काठमाडौं ।
मेडिकल ९स्वास्थ्य ० सामग्री लिन चीनको ग्वाङ्झाओ गएको नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी जहाज चिनबाट पुन अर्को लट सामान लिएर काठमाण्डौ आइपुगेको छ ।
सो जहाज आज बिहान करिब ३ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाण्डौमा अवतरण गरेको हो ।


सो जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको थियो ।
निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेको उक्त जहाजमा नर्भिक, चौधरी फाउन्डेसनलगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ ।

यसअघि नेपाल सरकारको मेडिकल सामग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो ।

Advertisement