January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कोरोनाविरुद्ध लड्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

२१ चैत्र, काठमाडौं ।

Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले खडा गरेको कोषमा महासंघले यो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

Advertisement

साथै, आगामी दिनहरुमा पनि महासंघले मानवीय संकट आउन नदिन प्रतिवद्ध रहेको समेत जनाएको छ ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने वर्गका लागि खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको जानकारी महासंघले गराएको छ । 

विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भईरहेको अवस्थामा आफ्ना जिल्ला तथा नगर सदस्यहरुलई पनि सक्दो सहयोग गर्न महासंघले आग्रह समेत गरेको छ ।