November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

रिलायन्स फाइनान्स अव आफ्नै भवन कमलादीमा

रिलायन्स फाइनान्स अव आफ्नै भवन कमलादीमा

रिलायन्स फाइनान्स अव आफ्नै भवन कमलादीमा सरेको छ । फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले रिलायन्सको का.जि.का.म.पा. वडा नं. १ कमलादीमा स्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।

Advertisement

नेपाल राष्ट्र बैंकबाट “ग“ बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६÷०८÷१० मा प्राप्त गरी मिति २०६६÷०८÷१८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनीमार्गबाट आफनो कारोबार शुरु गर्दै आएको यस संस्थाले हाल का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय संचालन गरेको हो ।

Advertisement

संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई भ् द्यबलपष्लन, क्ऋत् ल्भतधयचप ब्त्ः, विभिन्न रेमिटेन्स सेवाहरु, सी आस्वा, कनेन्ट आइपिए, विद्युतिय भुक्तानी लगायतका सेवा दिदै आएको छ ।