November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

माछापुच्छ्रे बैंकका नायब सीइओ विश्वम्भर न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त

माछापुच्छ्रे बैंकका नायब सीइओ विश्वम्भर न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम) को अध्यक्ष पदमा नियुक्त भएका छन् । न्यौपाने अध्यक्षमा नियुक्त हुनु अघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

विगत १९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहनु भएको छ । साथै उनीसंग बैंकिङ्ग क्षेत्रको २५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

Advertisement