April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अब तरकारी ११ स्थानबाट बिक्री हुने

अब तरकारी ११ स्थानबाट बिक्री हुने

२७ चैत्र २०७६

Advertisement

कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा भीड बढेपछि  काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका थप विभिन्न ११ स्थानबाट तरकारी तथा फलफूल बिक्री हुने भएको छ ।

Advertisement

महानगरपालिकाको महानगर क्षेत्र भित्रका कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तिनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो ।

बिहीबारदेखि कलंकी चोकबाट बिक्री–वितरण सहज सुरु भएको छ । छिट्टै कोटेश्वर, रत्नपार्क, लैनचौर, चावहिल (गोपिकृष्ण हल), वसुन्धरा, गोंगबु, वनस्थली, बाफल र स्वयम्भूबाट वितरण सुरु हुने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दियो । 

त्यस्तै,  कालीमाटी तरकारी बजार तथा बल्खु आउने तरकारीलाई काठमाडौँ महानगरपालिकाले तोकेका विभिन्न स्थानबाट बिक्री गर्न व्यवसायीहरुले व्यवस्था मिलाउने र बिक्रीका लागि वातावरण निर्माण गर्ने भएको छ।