March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

यति समूहद्धारा कोरोना राहत कोषमा एक करोड सहयोग

यति समूहद्धारा कोरोना राहत कोषमा एक करोड सहयोग

२८ चैत्र काठमाडौं ।

यति समूहले कोरोना भाइरस (कोभिड–१९) केन्द्रीय कोषमा कोरोना भाइरसको रोकथामका लागि एक करोड बराबरको चेक हस्तान्तरण गरेको छ ।
यती समूहका लगानीकर्ताहरुको तर्फबाट यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यती समूहले जारी गरेको विज्ञप्तिमा नेपाल सहित विश्व नै ठप्प बनेको यस घडीमा महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकार लागि परेको भन्दै सरकारको कदमको प्रशंसा गरीएको छ ।

विज्ञप्तीमा भनिएको छ,“नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु हामी एक राष्ट्रिय व्यवसायिक समूह ‘यती समूह’ले आफ्नो कर्तव्य ठान्दछौं । कोरोना भाइरसको रोकथामका लागि यती समूहका लगानीकर्ताहरुको तर्फबाट आज यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाद्वारा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १,००,००,०००।– (अक्षरुपी एक करोड रुपैयाँ) को चेक हस्तान्तरण गरिएको छ ।”

Advertisement