June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

भारतमा गाडी उत्पादकले कारको मूल्य बढाउँदै

भारतमा गाडी उत्पादकले कारको मूल्य बढाउँदै

भारतीय बजारमा गाडि उत्पादकहरुले कारको मूल्य बृद्धि गर्ने भएका छन् । कार निर्माता कम्पनी मारुती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा र अडीले जनवरीदेखि आफ्ना कारको मूल्य बढाउने भएका छन् । यी कम्पनीहरूले यो निर्णयको कारण मुद्रास्फीति र वस्तुको मूल्यमा भएको वृद्धिलाई औंल्याएका छन्।

Advertisement

यसबाहेक टाटा मोटर्स र मर्सिडीज बेन्जले पनि आगामी जनवरीदेखि भारतमा आफ्ना कारको मूल्य बढाउने विचार गरिरहेका छन् । मारुती सुजुकी भारतको सबैभन्दा ठुलो कार निर्माता कम्पनी हो। यसले प्रवेश स्तरको सानो कार अल्टोदेखि बहुउपयोगी कार इन्भिक्टोसम्म सबै उत्पादन गर्दछ। सोमबार मारुती सुजुकीले आफ्नो निर्णयको घोषणा गर्दै जनवरीदेखि कम्पनीका हरेक मोडलको मूल्य बढाउने जानकारी दियो ।

Advertisement

पीटीआईसँग कुरा गर्दै मारुती सुजुकी इन्डियाका वरिष्ठ कार्यकारी अधिकृत शशांक श्रीवास्तवले केही मोडेलको मूल्यमा ‘ठुलै वृद्धि’ हुने बताए। ‘वस्तुको अस्थिरतासहित चारैतिर मुद्रास्फीतिको दबाब छ । त्यसैले हामीले जनवरीमा मूल्य बढाउने निर्णय गरेका छौँ,’ उनले भने।

महिन्द्रा एण्ड महिन्द्राका सीईओ (अटोमोटिभ डिभिजन) नलिनीकान्त गोलागुन्टाले पनि मुद्रास्फीति र वस्तुको मूल्यलाई ध्यानमा राख्दै जनवरी २०२४ देखि लागू हुने गरी कारको मूल्य बढाउने जिकिर गरे ।