June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

चिनी मिलको प्रदुषणबाट ७० हजार स्थानीय प्रभावित

नवलपरासीको सुनवल नगरपालिकामा चिनी मिलको प्रदुषणबाट स्थानीय प्रभापवित भएका छन् । सो मिलबाट नगरपालिका १,३,४ र ६ वडा प्रत्यक्ष मारमा परेपछि त्यहाँका करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन् । प्रदुषण रोकथामका लागि संघर्ष समितिले सरोकारवालाहरु संग समन्वय सहकार्य गरेपनि कुनै सुनुवाई नभएको समितिले जानकारी दिएको हो ।

Advertisement

उक्त चिनी मिलको बढ्दो प्रदुषणको कारण जनस्वास्थ्यमा प्रतिकुल असर पारेको स्थानीयको भनाइ छ । स्थानीयबासीले चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत प्रदुषण नियन्यत्रण मागबारे जानकारी दिएका छन् ।

Advertisement

उक्त मिलबाट निस्कने धुँव र खरानी स्थानीयको घरहरुमा पस्ने तथा श्वास लिना गाह्रो हुनका साथै उद्योगबाट निस्कने दुर्गन्धित पानीकोे प्रत्यक्ष असर स्थानीयलाई परेको छ।

वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको उक्त चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि प्रदुषणको अवस्था अझ बढ्दै गएको छ ।