May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

हुण्डी कारोवारी २४ लाख २१ हजार रुपैयाँ नगद सहित पक्राउ

हुण्डी कारोवारी २४ लाख २१ हजार रुपैयाँ नगद सहित पक्राउ

बैशाख २०, काठमाडौँ ।
नेपाल प्रहरीले हुण्डी करोवार गरेको सुराकीको आधारमा दुईजना कारोवारीलाई नियन्त्रणमा लिएको छ । भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठलाई शनिवार विहान नियन्त्रणमा लिएको हो ।


काठमाडौं महानगरपालिका–१३ टंकेश्वर र काठमाडौं महानगरपालिका–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अवस्थामा उनीहरुलाई नगद सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथवाट प्रहरीले नगद २४ लाख २१ हजार रुपैयाँ सहित बरामद गरेको छ ।


उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो । हुण्डी कारोवार गरिरहेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट टोली खटिएकोको थियो ।

Advertisement