February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

डाबर नेपालको बर्षको व्यापार साढे १३ अर्ब नाघ्यो

डाबर नेपालको बर्षको व्यापार साढे १३ अर्ब नाघ्यो

डाबर नेपाल प्राईभेट लिमिटेड (डीएनपीएल)ले व्यापार बढाएको छ । कम्पीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख व्यापार गरेको हो । रेटिङ एजेन्सी केयर नेपालका अनुसार कम्पनीको व्यापार अघिल्लो बर्ष(२०२२)को तुलनामा ४.५८ प्रतिशत अर्थात ५९ करोड ७० लाखले बढी हो ।

Advertisement

कम्पनीले २०२१ को १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ कारोबारलाई बढाएर २०२२ मा आईपुग्दा १३ अर्ब १ करोड ८० लाख कारोबार गरेको थियो । डाबरले रियल, एक्टिभ र बस्र्ट लगायत ४० भेरियन्टमा रियल ब्रान्डमार्फत् जुस उत्पादन गर्दै आएको छ ।

Advertisement

कम्पनीले स्वास्थ्य सेवा, व्यक्तिगत हेरचाह र २५० भन्दा बढी हर्बल आयुर्वेदहरु उत्पादन गर्दै आईरहेको छ । डाबरले नेपालमा एफएमसीसी उत्पादनमा ३ दशकभन्दा बढी रेकर्ड कायम राखेको छ । डीएनपीएलसँग ३ सय भन्दा बढी वितरण नेटवर्क रहेको छ ।

डीएनपीएल सन् १९८९ मा स्थापित प्राईभेट कम्पनी हो । यो डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी हो । कम्पनीले फलफूलको जुश, पेय पदार्थ, ग्लुकोज, टुथपेस्ट, कपालमा लगाउने तेल, हाजमोला, मह जस्ता खाद्यान्नको उत्पादन गर्दै आएको छ ।

कम्पनीले लगातार व्यापारमा गति बढाउँदै आईरहेको छ । कम्पनीले ४ वर्षभित्र ८ अर्बले व्यापार थप्ने योजना बनाएको छ ।