April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

दुध ढुवानीको लागि बिना ‘टाइम कार्ड’ सवारी संचालन गर्न दिनुपर्ने दुध उत्पादकको माग

दुध ढुवानीको लागि बिना ‘टाइम कार्ड’ सवारी संचालन गर्न दिनुपर्ने दुध उत्पादकको माग


२८ वैशाख, काठमाडौं ।
दुग्ध पदार्थ विक्री वितरणमा सरकारले ध्यान नदिएको दुध विक्रेताले बताएका छन् । आइतवारबाट दुग्ध पदार्थ बिक्रिवितरण गर्ने सवारी साधनमा टाईमकार्ड लागू गर्ने सरकारी निर्णयको विरोध गर्दे उनीहरुले सरकारले ध्यान दिन नसकेको बताएका हुन् । निजी क्षेत्रका दूग्ध व्यवसायीहरुको संस्था नेपाल डेरी एशोसिएसनले आईतबार एक विज्ञप्ति जारि गर्दै दुध ढुवानीलाई विना शर्त हिडडुल गर्ने दिनुपर्ने माग सरकारसित राखेको छ । ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्याकामा टाइमकार्डको नियम लागू गरेको भोलिपल्ट एशोसियसनको यस्तो धारणा आएको हो ।

टाइमकार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने भन्दै व्यवसायीहरुले पानी र औषधीलाई जस्तै दूग्ध पदार्थ विक्रिको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । घाटा सहेर पनि लकडाउन अवधिमा पनि बिना रोकतोक सञ्चालित दूध तथा दुग्धजन्य पदार्थको ढुवानीमा टाईमकार्ड लागू गर्नु व्यवहारिक नहुने व्यवसायीहरुको भनाइ छ । अत्यावश्यक वस्तु बोकेका सवारी साधन बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाईने बताइएको थियो ।

Advertisement