कालिञ्चोक दर्शनको नाफा ६.९१ प्रतिशतले बृद्धि
कालिञ्चोक दर्शन लिमिटेडको नाफामा बृद्धि भएको छ । पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफामा सुधार भएको कम्पनीले जनाएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिञ्चोक दर्शन लिमिटेडको खुद नाफा ६.९१ प्रतिशतले बढेर २ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
आम्दानी बढेसँगै यसको नाफा बढेको हो । यसको प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ २० पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा रहेको थियो । कालिन्चोकको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ०२ पैसा छ ।
सञ्चालन नाफा ५८.२७ प्रतिशतले बढेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३०.४१ प्रतिशतले बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहोस्