January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

एसियनले ल्यायो कोदोको बिस्कुट, भारतीय बजारमा निर्यात गर्दै

एसियनले ल्यायो कोदोको बिस्कुट, भारतीय बजारमा निर्यात गर्दै

विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ।नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरू गरेको हो।

Advertisement

केही समययता पश्चिम नेपालमा घरेलुर लघुउद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ। तर, एसियनले एकैचोटि देशभरि नैबजारीकरण र निर्यात समेत गर्ने उद्देश्यलेअटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको जनाएको छ ।

Advertisement

उद्योगलेनेपालका कच्चा पदार्थको र्थ प्रवर्धनर्ध र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरू गरेको बताएको छ।उद्योगका संचालक आशिष जाजूले बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए।

बिस्कुटलाई सुगन्धित बनाउन पूर्वी नेपाल इलामको अर्को उत्पादन अलैँचीको धूलो पनि मिसाइएको छ। साथै, फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको छ। कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि लाभकारी मानिन्छन्।

संचालक जाजुले दोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रूपमा प्रयोग गर्न सक्छन् । यसले इम्युनिटी वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने उनले दाबी गरे।

उद्योगले ५० ग्रामको बिस्कुटको खद्रुा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ। जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको बताए।

‘नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ । तर, भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन,’ उनले भने, ‘त्यसलै त्यहाँ मिलेट र रागी लेखिएको छुट्टै पाकेट बनाएर निर्यात गरिनेछ।’

उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमूना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइ दिन अर्डर आएको जानकारी दिए। निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको बताइएको छ।

जाजूले भने, ‘हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा कस्तो प्याकेजिङमा निर्यात गर्ने भन्ने गृहकार्य गरिरहेका छौं। भारतमा दसैतिहार अगाडि नै निर्यात गरिसक्ने योजना छ।’

उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए। जसमा स्वीट बिस्कुट, स्वीट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन।

एसियनले हाल भारत, अमेरिका, अस्ट्रेलिया, खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको छ ।