May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अब फिल्म हलमा तोकिएभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने

अब फिल्म हलमा तोकिएभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने

फिल्म हलको परिषरभित्र खाद्य तथा पेय पदार्थलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ।

Advertisement

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै शिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्न अनुरोध गरेको हो।

Advertisement

बढी मूल्य लिएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने चेतावनी विभागले दिएको छ।