November 3, 2024, Sunday
१८ कार्तिक २०८१, आईतवार

आईपीओ जारी गर्दै कृति भेन्चर फण्ड लिमिटेड

आईपीओ जारी गर्दै कृति भेन्चर फण्ड लिमिटेड

कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ जारी गर्ने निर्णय गरेको छ । कम्पनीको असोज १४ गते बसेको ५३औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

Advertisement

आईपीओ निष्कासन प्रयोजनार्थ कम्पनीले आठौं वार्षिक साधारणसभा पनि बोलाएको छ । सभा, मंसिर १४ गते दुसित प्रिन्सेस लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि शुरु हुनेछ ।

Advertisement

सभाले सर्वसाधारणभा आईपीओ निष्कासन, कम्पनी गाभ्ने÷गाभिने र दोभानखोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पुँजीकृत गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि सभाले तोक्नेछ ।