February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

अमेरीकाले दियो जफत गरेको रूसी सम्पत्तिबाट युक्रेनलाई २० अर्ब डलर ऋण

अमेरीकाले दियो जफत गरेको रूसी सम्पत्तिबाट युक्रेनलाई २० अर्ब डलर ऋण

अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहायता दिएको छ। बीबीसीका अनुसार यो कोष अमेरिकाले रूसबाट जफत गरेको सम्पत्तिबाट दिएको हो ।

Advertisement

अमेरिकी अर्थमन्त्री जेनेट यलेनले मंगलबार नै २० अर्ब डलर विश्व बैंकको फण्डमा जम्मा गरेको र त्यहाँबाट युक्रेनले पाउने बताएका छन् ।

Advertisement

यो आर्थिक सहायता ५० अरब डलर प्याकेजको एक भाग हो जसको घोषणा जी७ समूहका सदस्य देशहरूले जुनमा गरेका थिए ।

अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया–युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले यो घोषणा गरेको हो ।
अमेरिकाले २०२४ को अन्तिमसम्ममा युक्रेनलाई सहायता रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। सोही अनुसार उसले मंगलबार २० अर्ब डलर पठाएको हो।

बाँकी ३० मध्ये युरोपियन युनियनले २० अर्ब डलरको बेलायत, जापान र क्यानडाले पनि मिलेर १० अर्ब डलरको ऋण दिनेछन्।