February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

हुन्डाईको क्रेटा बन्यो भारतमा सबैभन्दा धेरै बिक्री हुने गाडी

हुन्डाईको क्रेटा बन्यो भारतमा सबैभन्दा धेरै बिक्री हुने गाडी

 

Advertisement

दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाइ क्रेटा’ ले नोभेम्बर महिनामा भारतमा सबैभन्दा धेरै गाडि बिक्री गरेको छ । हुन्डाइ क्रेटा फेरी पनि भारतमा सबैभन्दा बढी बिक्री हुने मोडलको सूचीमा पहिलो स्थानमा उक्लिएको हो ।

Advertisement

नोभेम्बरमा हुन्डाइले क्रेटा मोडलका १५ हजार ४५२ युनिट गाडि बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ११ हजार ८१४ युनिट क्रेटा बिक्री भएको थियो । गत वर्षको तुलनामा गत वर्षको नोभेम्बरमा क्रेटाको बिक्री ३१ प्रतिशतले बढेको हो ।

हुन्डाईले नाभेम्बरमा सबै मोडल तथा भेरियण्टका गरी ४८ हजार २ सय ४६ गाडि भारतीय बजारमा बिक्री गरेको जनाएको छ । हुन्डाईको क्रेटा मडल आकर्षक डिजाईन, उत्कृष्ट इन्जिन क्षमता, र किफायती मूल्यमा उत्कृष्ट गुणस्तरको संयोजनका कारण धेरै बिक्री हुने गाडीको सूचीमा परेको हो ।

दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाई’ सवारी उत्पादनका हिसाबले विश्वको तेस्रो ठूलो कम्पनी र बजार पुँजीको हिसाबले १६ औं ठूलो कम्पनी हो । सन् १९८२ मा बेलायती बजारमा प्रवेश गरेको हुन्डाइले पहिलो वर्ष नै करिब ३ हजार कार बिक्री गरेको थियो ।

हुन्डाईले विश्वभरि गाडीहरू बिक्री गर्ने गरेको छ भने भारत, चीन, अमेरिका, र युरोप लगायतका स्थानहरूमा प्रमुख बजारहरूको हिस्सा ओगटेको छ ।
हुन्डाई एलांत्रा, हुन्डाई क्रेटा, हुन्डाई आईटेन, हुन्डाई टक्सन, र हुन्डाई कोना हुन्डाईका लोकप्रिय मोडेलहरू हुन् । यसको मुख्यालय दक्षिण कोरियाको सिओल स्थित छ ।