February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउन लोकसेवामार्फत एकै पटक ७० जना इन्जिनियर लिने

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउन लोकसेवामार्फत एकै पटक ७० जना इन्जिनियर लिने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् ।आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन ।

Advertisement

उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए । उनले लोकसेवामार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको बताए ।

Advertisement

उनले भने,‘विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याव र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएका छन् । धेरै ठाउँका ट्रेनिङ सेन्टरहरुबाट विद्यार्थीहरु आउँछन् । विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक लटमा लिने गरेका छौ । प्राधिकरणले इन्टर्नसिप लिइ रहेका छौं । इलेक्टिकल इन्जिनियरको लागि एकै पटक ७० वटा सिटमा लोकसेवामार्फत विज्ञापन निकालेका छौं । इलेक्टिकल इन्जिनियर विद्युत प्राधिकरणभित्र खडेरी छ । लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौं । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण ठूलो हव बनाउनुपर्छ ।’

उनले विद्युत प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याव र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताए । उनले विद्युत प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक पटक लिने गरेको बताए ।