February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

चितवन महोत्सवमा स्काईवेलको १ करोडको गाडी बिक्री

चितवन महोत्सवमा स्काईवेलको १ करोडको गाडी बिक्री

नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि ५,जि मोटर्सबाट चितवन महोत्सवमा बुकिंङ गरी डेलिभरी भएको छ। चितवन महोत्सव २०८१ मा जि मोटर्स प्रालि स्काईवेलका विधुतीय सवारीको आधिकारिक वितरकले व्यापार मेलाबाट स्काईवेलको १ करोड मूल्य पर्ने गाडी बिक्री भएको हो।

Advertisement

उक्त बुकिंङ लाई जि मोटर्सका बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए।

Advertisement

सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न भएकाले ग्राहको रोजाइमा इभी परेको कम्पनीको दावी छ। युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकाले ग्राहको रोजाइमा परेको जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए।

उनले आगामी दिनमा चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रुपमा लिएर चाँडै सेल्स,शोरुम्,सर्भिस र पट्र्स ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। साथै बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम ईभीले नेपाली बजार एवं ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ।

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि ५६२० किमि प्रीमियम विधुतीय यसयुभि बिक्री÷वितरण भइसकेका छन्। चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि ५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागि उपलब्ध छन् ।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू–भागमा सहजै यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरूमा र्मनी,युके,अस्ट्रेलिया,ल्याटिन अमेरिका,टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।